कमसेकम एउटा खराब आदत त्याग

Print Friendly, PDF & Email
कमसेकम एउटा खराब आदत त्याग

शिशुहरुलाई कथा भन्नुहोस – कमसेकम एउटा खराब आदत त्याग (चिन्न कथाबाट) – (कथा तल दिएको छ) – शिशुहरुलाई भूमिका अभिनय गर्नु लगाउन होस् |

कथा: एउटा दुष्ट मानिस एकपल्ट अध्यात्मिक जीवनमा अग्रसर हुनलाई एकजना गुरु भएकोमा गए | गुरुले तिनलाई तिनकोमा भएको खराब आदतहरु मध्ये कमसेकम एउटा त्याग गर्ने सल्लाह दिए | तिनले झुटो बोल्ने खराब आदत त्यागे | त्यो रात, जब तिनी एउटा राजदरबारमा चोरी गर्न गए, तिनले छतमा एउटा मानिस भेटे, जसले आफुलाई एउटा चोर हुँ भनि परिचय दिए | दि दुईले राजकोष लुटे अनि त्याँहा प्राप्त गरेको हिराहरु अपस्तामा बराबर बाड्रे | वास्तवमा ती अर्का मानिस, अरु कोहि नभएर स्वयं राजा थिए |

राजाले आफुलाई चोरको बहाना गरेर अनि राजकोषको चाबी काँह छ मा जान्दछु भनि बताए | जब तिनीहरुले हिराहरु बाडिरहेका थिए, तब त्यो इमान्दार चोरलाई राजाप्रति दया जाग्यो, जसले आफ्नो सर्वस्व कोष गुमाउन लागेका थिए | तिनले राजाको कोषमा एउटा हिरा छोड्ने निर्णय गरे | एउटा हिरा त्याँहा छोडियो |

भोलि पल्ट बिहान राजकोष लुटियो भन्ने खबर चाल पाए | लुटिएको धन सम्पति लेखाजोखा गर्नलाई राजा (जसले अघिल्लो रात चोरको बहाना गरेका थिए) ले मंत्रीलाई पठाए | चोरहरुले त्याँहा छोडेको एउटा हिरा मंत्रिले त्याँहा पाए | तिनले चुपचाप सित त्यो हिरा आफ्नो खल्तीमा लुकाए अनि सबै हिराहरु लुटिएछ भनि दरबारमा रिपोर्ट दिए |

अघिलो रात जब तिनीहरु आफ्नु अलग अलग झोला (हिराले भरिएको) हरु लिएर छुटिने बेलामा त्यो इमान्दार चोरले ठेकाना राजाले प्राप्त गरेका थिए | त्यसकारण उनले ती इमान्दार चोरलाई लिनु मानिस पठाएँ | अनि जब तिनी राजदरबारमा राजा अघि खडा भए, तब तिनले एउटा हिरा बाहेक अरु सबैं तिनी रा तिनका अपरिचित साथी द्वारा लुटिएको हो भनि भुल स्वीकार गरे | त्यो हराएको हिरा मंत्रीको खल्तीबाट प्राप्त भयो अँ राजाले उसको झुटोपनको निम्ति मन्त्रीलाई पदबाट बर्खास्त गरे | बदलीमा, इमान्दार चोरलाई मन्त्रि पदमा नियुक्त गरियो | तिनले अन्य सबै खराब आदतहरु त्यागे अनि एउटा गुणी शासकको रुपमा आफ्ना गुरुलाई पनि खुशी तुल्याए |

सार विवरण

जब चोरले असत्यलाई त्यागे, तब उ सत्यतिर गयो | फलस्वरूप चोरको जीवन अन्धकारबाट उज्यालोतिर गयो उ खुबै सम्रीदीशील बन्यो | यसको फलस्वरूप उसले सबै खराब आदतहरु त्यागे अनि एउटा खुबै असल व्यक्तिमा रूपान्तरित भयो | उसको असल गुणहरुले गर्दा धेरै धेरै बर्षसम्म उसलाई स्मरण गरियो | जब हामी असल मार्गमा हिडछौ, हामी अमर बन्छौं, कारण मानिसहरुले हामीलाई अनन्तसम्म स्मरण गर्छन |

यो क्रियाकलापलाई अरु मुल्यहरुले पनि सिंगारन सकिन्छ | जब पनि हामी कुनै एउटा मूल्य इमान्दारीपूर्वक व्यवहार गर्न शुरु गर्छौ, जम्मै अरु मूल्यहरू पनि त्याँहा आउँछ अनि हामी अमर बन्छौं | उदाहरणहरु – महात्मा गान्धी, अल्बर्ट आइन्सटायिन, अब्दुल कलाम, आदिको बारेमा चर्चा गर्न सक्छौं – शिशुहरुलाई एक महिना सम्म झुटो बोल्ने आदत त्याग्न लाउनु होस् अनि प्रत्येक श्रेणीमा यो कति सहज वा कठिन छ अनि यसका फाइदाहरु के छन् यी बारे चर्चा गर्नुहोस |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: