त्वमेव माता श्लोक – क्रियाकलाप

Print Friendly, PDF & Email
त्वमेव माता श्लोक – क्रियाकलाप

बालविकास शिशुहरुलाई माता/पिताहरुले आफ्ना शिशुहरुलाई प्रेम-प्रदर्शन गरेको भिडियोहरु देखाउन सकिन्छ |
गुरुहरुले पशु-प्राणीहरुले आफ्नु बच्चाहरुलाई प्रेम दर्शाएको भिडियो, तथा विभिन्न बर्गका साना पशु-प्राणीहरु प्रति प्रेम/हेरचार दर्शाएको भिडियोहरु देखाउन सक्छन् | उदाहरण- एउटा हात्तीले कुकुरलाई प्रेम/हेरचार गरेको, बाँदरले भालुको बच्चाहरु खेलाएको, प्रेम गरेको इत्यादी|

चर्चाको निम्ति सुझावयुक्त प्रश्नहरु
  1. भिडियो हेरेर के तिमीलाई आनन्द आयो? तिमीलाई कुनचाहिं सबभन्दा स्यादा मनपर्यो? किन?
  2. के तिमी घरमा मात्रा प्रेम पाउछौ भनि सोच्छौं? स्कुलमा तिमीलाई कसले माया गर्छ? स्कुलमा हाम्रो हेरचार कसले गर्छन|
  3. के तिमीलाई खेल्नु मनपर्छ? हाम्रो निम्ति कसले खेलहरु रुचिकर बनाउछन?
  4. के तिम्रो मित्रहरु छन्? तिनीहरुसित के तिमी आनन्दित हुन्छौं? किन?
  5. सडकहरु (बाटोहरु)पार गर्दा के तिमीलाई डर लाग्छ? के तिमीले कहिल्ये एक्लै सडक पार गरेको छौ? यस्तो अवस्थामा, तिम्रो छेउमा उभीरहेको व्यक्तिले के तिमीलाई सडक पार गर्नमा साहयता गरेको छ? सडक पार गर्दा के तिमीले कसैलाई सहायता गरेको छौँ?
  6. हाम्रा मातापिता, दाजुभाई, मित्रहरुसित के संधै बस्नु हामीलाई सम्भव छ?
  7. तिमीले कहिले नचिनेको व्यक्तिलाई के प्रेम देखाएको छौँ? कसरि? तिमीहरुले कस्तो अनुभव गरे? के तिमीलाई खुशी लग्यो?
निस्कर्ष

गुरुहरुले शिशुहरुलाई यो बुझाउनुपर्छ कि तिनीहरुले तिनीहरुको माता-पिता, शिक्षक, मित्र, दाजुभाई, दिदी–बहिनी, शाखा-सन्तान, पाल्तु पशुहरु आदिहरुबाट प्राप्त गरेको प्रेम ईश्वरको प्रेम हुन् जुनचाहिं तिनीहरु प्रत्येकबाट प्रवाहित हुन्छन्| यसकारण हामीले अरुलाई दिएको प्रेम पनि ईश्वरकै प्रेम हुन् जो हामीबाट प्रवाहित हुन्छ | ईश्वरले हामीहरु सबैलाई समानरुपले अनि शर्तरहित प्रेम गर्छन् अनि हामीमाथि कहिले आमा जस्तो, कहिले साथी जस्तो अनि कहिले दाजु-भाई जस्तो भएर उहाँको प्रेम बर्षौंछन् |

गुरुहरुले अन्तमा स्वामीको निम्ति शुभकामना कार्डहरु शिशुहरुलाई तयार गर्न लगाएर श्रेणी समापन गर्न सक्छन् |

द्रष्टव्य

भिडियोहरु यु-ट्युबमा प्राप्य छन् | बालविकास गुरुहरुलाई अनुरोध गरिन्छ कि श्रेणीमा यु-ट्युबबाट भिडियो निकाल्नमा बिलम्ब नहोस अनि श्रेणीमा शिशुहरू माझ खल्बली नहोस भनि उनीहरुले चाहिएको र सुहाउदो भिडियो श्रेणीमा आउँन भन्दा अघि नै निकालुन|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: