गुरुब्रह्म श्लोक – क्रियाकलाप

Print Friendly, PDF & Email
गुरुब्रह्म श्लोक – क्रियाकलाप
क्रियाकलापको लक्ष्य

त्रिमुर्ति ईश्वर ब्रह्म, बिष्णु, अनि शिव द्वार प्रतिनिधित्व गरिएको सृष्टि, पालन अनि विनाशको अवधारणालाई झुण्ड एकका बालविकास शिशुहरुलाई बुझाउनु |

चाहिएको सामाग्रीहरु

माटोको भाडा / गमला / तिनको बट्टा / माटो अनि मल / राशी / गहुँ / जौ क केहि बिजहरु

कार्यविधि –
  1. श्रेणीको उपस्थिति संख्या हेरेर तिनीहरुलाई तिन वा चार समुहमा तयार गर |
  2. प्रत्येक समुहलाई एक एकवटा भाडा / गमला बाडीदेऊ |
  3. तिनीहरुको आफ्नो आफ्नो गमलामा नामपत्र (LABEL) टासना लगाउ| तिनीहरुलाई आफ्नो समुहको नाम अनि बिजको नाम लेख्न लाउन सकिन्छ |
  4. तिनीहरुको आफ्नो आफ्नो भाडा / गमलामा माटो / मल भर्न लगाउ |
  5. बिज छर्न भन्दा अघि माटोमा पानी हाल्न लगाउ |
  6. तिनीहरुलाई विभिन्न प्रकारको बिजको आकार, दाना, रंग हेर्न लगाउ |
  7. ती बिझारू टूसाउना अनि एउटा सुन्दर र स्वास्थ्य पौदामा परिणत हुनलाई के के कुरोहरु आवश्यकता छन्, तिनीहरु संग चर्चा गर |
  8. प्रत्येक समुहलाई बिजको संख्या गन्ति गर्ने अनि ती बिजहरुलाई तिनीहरुको गमलामा हालेर फेरी पी छम्कन लगाउ|
  9. प्रत्येक समुहलाई तिनीहरुको आफ्नो आफ्नो गमला खिड्कीको छेउमा राख्ने तथा प्रसस्त सुर्यको किरण आउने ठाउंमा राख्ने निर्देश देउ |
  10. समुहमा भएको प्रत्येक शिशुलाई पालैपालो पौदाको हेरचार गर्ने, ठीक मात्रामा पौदामा पानी छम्कने अनि पानी ज्यादा पनि हुनु हुदैन अथवा एकदमै कम्ति सुर्यको किरण पनि हुनुहुदैन भन्ने जिम्मवारी देऊ |
  11. गुरुले सम्पूर्ण कार्यविधिमा तिनीहरुलाई मार्ग निर्देश गर्दै, उम्रिने घाँसपातहरुलाई उखालने पथ प्रदर्शन गर्नुपर्छ साथै नचाहिने घाँसपातहरुलाई होशियारपुर्वक, ती टूसांहरुलाई जोगाउदै उखाल्नु पर्छ भनि मार्ग प्रदर्शन गर्नुपर्छ |
  12. पौदाको बिकासको विभिन्न स्तरहरु बारे श्रेणीमा तिनीहरुलाई चर्चा गर|
  13. केहि दिन भित्रमा, शिशुहरूले बिजहरुबाट अंकुर निस्केको हेर्न सक्नेछन् अनि एक सप्ताह तथा त्यो भन्दा ज्यादा दिनहरुमा पौदाहरु देखा परेको दृश्य देखेर उत्साहित हुनेछन् |
  14. यो क्रियाकलाप माथि तिनीहरुको बिचार एक-अर्का माथि साट्न लगाउ, किन अनि कसरी तिनीहरु खुशी छन् अनि बिजहरुबाट पौदाहरु सृष्टि भएको, नियमितरुपमा तिनीहरुको हेरचार गरेर पौदाहरुलाई हुर्काएको अनि गमलाहरु बाट नचाहिने घाँसपातहरु हटाउने प्रक्रियामा अंशग्रहण गर्दा कस्तो अनुभव भयो, ती कुराहरु एक-अर्कामा बताउन लाउने |

Seed

Sand

Plant

निस्कर्ष

यी चर्चाहरु पछि गुरुहरुले ब्रह्मको रुपमा गुरुको भूमिका, सृष्टिकर्ता बिष्णुको भूमिका अनि हाम्रा नकारात्मक गुन्हारुका संहारकर्ता शिवको भूमिकाहरू बारे चर्चा गर्ने सल्लाह दिईन्छ | सृष्टि, पालन अनि संहारको समस्त प्रक्रिया नै हाम्रो राम्रोको निम्ति हो, जसलाई तिखार्ने, चमक ल्याउने काम गुरु द्वारा गरिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: