ॐ सहनाववतु श्लोक – क्रियाकलाप
क्रियाकलापको उदेश्य
हामी सबै एकअर्कामा निर्भर छौँ अनि हामी एउटा समुहको रुपमा काम गरेर अनि एकअर्काको आवश्यकताहरुलाई बुझेर मात्र प्रगति गर्न सक्छौं भनि समूह एकका शिशुहरुलाई बुझाउनु |
चाहिएका सामाग्रीहरु
चार्टहरु, कागजहरु, कैची, रंगिन पेन्सिलहरु / क्रेयोन, पेन्सिल, रबर, एउटा लट्ठी अनि गम (glue) |
कार्यविधि
- शिशुहरुलाई दुई दलमा विभक्त गर्नुहोस|
- माथि तकिएको सामाग्रीहरु जताभावी रुपले दुवै दललाई बाड्नुहोस्| यदि श्रेणीमा शिशुहरू ज्यादा छन् भने, गुरुले तिनीहरुको अर्को दल पनि गठन गर्न सक्ने छन् | गुरुले सुनिश्चित भई यो कुराको ध्यान दिनुपर्छ कि कुनै पनि एउटा दलले सबै सामाग्रीहरु एकैचोटी नपाउन् | उदाहरणको निम्ति, केटाहरुको दललाई सुन्तले रंगको पेन्सिल, चार्ट, कैँची, पेंसिल अनि केटीहरुको दललाई हरियो रंगको पेन्सिल, पेन्सिल, चार्ट, गम दिन सकिनेछ |
- नानीहरुलाई प्रत्येक समुहले चार्टमा राष्ट्रिय झन्डा बनाउने, रंग लगाउने अनि अन्तमा एउटा लट्ठीमा त्यसलाई टास्न पर्ने कुरा बुझाऊ |
- शुरुमा नानीहरुले आफुहरु सित चाहिएको सबै सामग्रीहरु नभएको कुरा सिकायत गर्न सक्छन | उधारणको निम्ति केटाहरुको समुहले आफुहरु सित हरियो रंगको पेन्सिल, गम आदि छैन भनि भन्न सक्छन अनि केटिहरुको समुहले आफुहरु सित सुन्तले रंगको पेन्सिल, कैँची आदि छैन भनि भन्न सक्छन | नानीहरुलाई अर्को समुह सित समानहरु साटासाट गर्न सक्ने अनुमति दिइनु पर्छ |गुरुले स्पष्ट तौरले चिजहरु साटासाट गर्न सक्ने कुरा भन्न हुदैन तर ती दुइ समुहले कसो गर्छन त्यो हेर्न पर्छ | गुरुले सबै नानीहरु उक्त क्रियाकलापमा भाग लिइरहेका छन कि छैनन् त्यो पनि हेर्न पर्छ |
- नानीहरुलाई बनिएको तिरंगा बुझाउन लगाई समुहमा राष्ट्रिय गान गाउन लगाऊ |
चर्चाको निम्ति सुझाइएको प्रश्नहरु
- नानीहरुलाई सोध्नुहोस् के चिजहरु साटासाट गरेर चलाउँदा उनीहरुलाई आनन्द लाग्यो?
- नानीहरुलाई सोध्नुहोस् कि उनीहरुले अर्को समुहबाट कुनै चिज नल्याई कार्य पूर्ण गर्न सके?
- एउटा समुहमा मिलेर काम गर्दा उनीहरुलाई कस्तो लाग्यो भनि सोध्नुहोस ? अर्को समुहले तिनीहरुलाई दिनु पर्ने सामग्रीको निम्ति उनीहरुले कार्य पूर्ण गरे सम्म धैर्यता पुर्वक पर्खिए ?
- के उनीहरुले आफ्नो झन्डा तयार नभइन्जेल सम्म अर्को समुहलाई पर्खाई राखे ?
- तिनिहरुले अर्को समुहलाई नम्रता पुर्वक मागे वा अधिकार पुर्वक मांग गरे ?
निष्कर्ष
गुरुले, जीवनमा सफलता प्राप्त गर्नको निम्ति एक अर्कामा मिलेर काम गर्नु अनि एक अर्कालाई सहयोग गर्नुको महत्व बारे अवश्य बुझाउनु पर्नेछ |
अलिकति फेरबदल गरि यस क्रियाकलापलाई यसरी पनि गर्न सकिन्छ – गुरुले कुनै पनि एउटा अत्यावश्यक समान आफु सित राख्न सक्नेछन, यस क्रियाकलापमा उधारणको निम्ति गमको डिब्बालाई लिन सकिन्छ | नानीहरुले प्राय: कार्य सकी सके पछि गुरुलेअन्तिम रुपमा उनीहरुलाई लठ्ठीमा झन्डा टास्न सहायता गर्न सक्नेछन | त्यस पछि निम्न प्रकारको प्रश्नहरु गर्न सकिनछ –
- के क्रियाकलाप समाप्त गर्न गम अत्यावश्यक थियो ?
- के गुरुके केवल गम प्रयोग गरेर झन्डा बनाउन सम्भव थियो ?
किनकी स्वामी भन्नुहुन्छ- इन्द्रिय अनि आवेगहरुको प्रशिक्षण यस्तो प्रक्रिया हो जहाँ गुरु अनि शिष्यको साझेदारी आवश्यक हुन्छ | उक्त क्रियाकलापको मध्यमबाट गुरुले नानिहरुलाई बुझाउनु पर्छ कि असल प्रकारको शिक्षा लिन गुरुर शिष्यले सधै संगै मिलेर कार्य गर्नु पर्दछ |