कराग्रे वसते श्लोक – क्रियाकलाप

Print Friendly, PDF & Email
नमूना क्रियाकलाप
  1. हातद्वारा गर्न सकिने विभिन्न प्रकारका कार्यहरु शिशुहरुलाई सोधेर लेख्न लगाऊ |
  2. यस्ता कार्यहरु “राम्रो” र “नराम्रो” भागमा विभक्त गर्न लगाऊ |
  3. यस्ता कार्यहरु सानो कागजको टुक्रामा लेखेर कागज पट्याऊ | एउटा बाकसमा ती कागजका टुक्राहरु हालेर हल्लाऊ |
  4. शिशुहरुलाई त्यस बाकसबाट एउटा टुक्रा टिप्न लगाऊ |
  5. नानीहरुले राम्रो टुक्रा टिपे भने श्रेणीमा भएको स्वामीको वेदी वा नक्साको छेउमा उभिन लगाऊ |
  6. यदी नराम्रो टिपे वेदी वा नक्सा देखि टाड़ो कुनामा बस्न लगाऊ |
राम्रो कार्यकलाप नराम्रो कार्यकलाप
लिखित जपम भित्तामा अनावश्यक कुराहरु लेख्ने / घस्ने
अरुहरु संग चिज बाड़ँने अरुहरुको चिउज उनीहरुको सहमति बिना लिने
अरुहरुलाई प्रोत्साहन गर्न थपड़ी मार्ने अरुहरु लड़दा हाँस्ने वा थपड़ी मार्ने
अरुहरुलाई सहायता गर्ने अरुहरुलाई हिर्काउने / घोच्ने
स्कुल वा बल विकास कक्षामा पढ़ाएका कुराहरु लेख्ने परीक्षामा नक्ल गर्ने
घर धन्दामा आमालाई सघाउने खानेकुरा फ्याँक्ने अनि नष्ट गर्ने
पौधाहरुमा पानी हाल्ने फुलपातहरु बिनासित्ति टिप्ने
मूल्य सिकाईयो

सधै राम्रो कम गर

राम्रो कमले ईश्वर नजिक लैजान्छ

तिम्रा हातहरुलाई सधैँ सृजनात्मक कुरोमा प्रयोग गर |