हरिर्दाता श्लोक – क्रियाकलाप

Print Friendly, PDF & Email
क्रियाकलाप : स्वास्थ्यकर भोजन अनि अस्वस्थ्यकर भोजन माझ म्युजिकल चेयर गेम |

खेल आरम्भ हुन भन्दा अघि गुरुले भोजन अनि खाने आदतहरु बारे शिशुहरू सित चर्चा गर्नुपर्छ |

प्रस्तुत गर्नुपर्ने मुख्य बुंदाहरु निम्नलिखित छन्;

  • यदि तिमीले भोजन खानु भन्दा अघि हात धोएनौ भने, तिम्रो हातको मैला पेटमा जानेछ, जसले गर्दा तिमी बिमारी हुनेछौं |
  • तिमी बलियो अनि स्वास्थ्य छौँ, कारण तिम्रो आमाले असल अनि सफा भोजन पकाऊछिन् |
  • उनले तिमीलाई पिउँनको निम्ति स्वच्छ अनि उमालेको पानी दिन्छिन |
  • सफा, स्वच्छ अनि चिटिक्क बस्दा तिमी स्वास्थ्य हुन्छौ |
  • तिमीले सबैं सागसब्जी अनि फलहरु खानैपर्छ |
  • तिमीले अस्वस्थ्यकर अनि फास्ट फूड त्याग्न पर्छ |
  • जब हामी खान अघि भोजन ईश्वरलाई अर्पण गर्छौं, तब यो प्रसाद बन्दछ |
  • असल अनि स्वास्थ्यकर भोजन बारे बर्णन गर्नलाई फलफुल र सागसब्जीको चार्ट देखाउनु होस् |
सामाग्रीहरु चाहिने :

चार्ट, स्केच तथा मार्कर, चौकीहरु (chairs), संगीत व्यवस्था (अथवा गुरुले भजनहरु गाउन सक्छन्)

तयारी बिधि :

चार्टलाई चार बराबरी टुक्रा (strips) मा काट | स्वस्थ्यकर अनि अस्वस्थ्यकर भोजनहरुको नाम लेख |

उदाहरण :
  • स्वस्थ्यकर भोजनहरु : सब्जीको सुप, दुध, दहि, काटेको फलहरु, राजमापुलाव, रोटि, सलाद, अंकुरित दाल, काँचो नरिवल इत्यादी |
  • अस्वस्थ्यकर भोजनहरु : बर्गर, नुडल्स, टिनमा बन्द गरिएको खानेकुराहरु, सफ्ट-ड्रिंक्सहरु इत्यादी |

यो खेल मयूजिकल चेयर खेल जस्तै हो | यो खेलमा सधै चौकीहरुको संख्या खेल्ने शिशुहरुको बराबर हुनपर्छ | प्रत्येक चेयरको मुनि स्वस्थ्यकर र अस्वस्थ्यकर भोजनहरुको नाम लेखेर घोप्टो पारेर राखिनु पर्छ | संगीत जब शुरु हुन्छ तब शिशुहरू कुद्न थाल्छन | जब संगीत रोकिन्छ, तिनीहरु चौकीमा बस्छन् | अस्वस्थ्यकर भोजनको नाम राखिएको चौकीमा बस्ने शिशु खेलबाट बहिरिन्छ | खेल क्रमश चलि रहन्छ |

नोट :

चार्टको टुक्राहरुको संख्या शिशुहरुको संख्या बराबर हुनपर्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: