ॐ सहनाववतु श्लोक – क्रियाकलाप

Print Friendly, PDF & Email
ॐ सहनाववतु श्लोक – क्रियाकलाप
क्रियाकलापको उदेश्य

हामी सबै एकअर्कामा निर्भर छौँ अनि हामी एउटा समुहको रुपमा काम गरेर अनि एकअर्काको आवश्यकताहरुलाई बुझेर मात्र प्रगति गर्न सक्छौं भनि समूह एकका शिशुहरुलाई बुझाउनु |

चाहिएका सामाग्रीहरु

चार्टहरु, कागजहरु, कैची, रंगिन पेन्सिलहरु / क्रेयोन, पेन्सिल, रबर, एउटा लट्ठी अनि गम (glue) |

कार्यविधि
  1. शिशुहरुलाई दुई दलमा विभक्त गर्नुहोस|
  2. माथि तकिएको सामाग्रीहरु जताभावी रुपले दुवै दललाई बाड्नुहोस्| यदि श्रेणीमा शिशुहरू ज्यादा छन् भने, गुरुले तिनीहरुको अर्को दल पनि गठन गर्न सक्ने छन् | गुरुले सुनिश्चित भई यो कुराको ध्यान दिनुपर्छ कि कुनै पनि एउटा दलले सबै सामाग्रीहरु एकैचोटी नपाउन् | उदाहरणको निम्ति, केटाहरुको दललाई सुन्तले रंगको पेन्सिल, चार्ट, कैँची, पेंसिल अनि केटीहरुको दललाई हरियो रंगको पेन्सिल, पेन्सिल, चार्ट, गम दिन सकिनेछ |
  3. नानीहरुलाई प्रत्येक समुहले चार्टमा राष्ट्रिय झन्डा बनाउने, रंग लगाउने अनि अन्तमा एउटा लट्ठीमा त्यसलाई टास्न पर्ने कुरा बुझाऊ |
  4. शुरुमा नानीहरुले आफुहरु सित चाहिएको सबै सामग्रीहरु नभएको कुरा सिकायत गर्न सक्छन | उधारणको निम्ति केटाहरुको समुहले आफुहरु सित हरियो रंगको पेन्सिल, गम आदि छैन भनि भन्न सक्छन अनि केटिहरुको समुहले आफुहरु सित सुन्तले रंगको पेन्सिल, कैँची आदि छैन भनि भन्न सक्छन | नानीहरुलाई अर्को समुह सित समानहरु साटासाट गर्न सक्ने अनुमति दिइनु पर्छ |गुरुले स्पष्ट तौरले चिजहरु साटासाट गर्न सक्ने कुरा भन्न हुदैन तर ती दुइ समुहले कसो गर्छन त्यो हेर्न पर्छ | गुरुले सबै नानीहरु उक्त क्रियाकलापमा भाग लिइरहेका छन कि छैनन् त्यो पनि हेर्न पर्छ |
  5. नानीहरुलाई बनिएको तिरंगा बुझाउन लगाई समुहमा राष्ट्रिय गान गाउन लगाऊ |
चर्चाको निम्ति सुझाइएको प्रश्नहरु
  1. नानीहरुलाई सोध्नुहोस् के चिजहरु साटासाट गरेर चलाउँदा उनीहरुलाई आनन्द लाग्यो?
  2. नानीहरुलाई सोध्नुहोस् कि उनीहरुले अर्को समुहबाट कुनै चिज नल्याई कार्य पूर्ण गर्न सके?
  3. एउटा समुहमा मिलेर काम गर्दा उनीहरुलाई कस्तो लाग्यो भनि सोध्नुहोस ? अर्को समुहले तिनीहरुलाई दिनु पर्ने सामग्रीको निम्ति उनीहरुले कार्य पूर्ण गरे सम्म धैर्यता पुर्वक पर्खिए ?
  4. के उनीहरुले आफ्नो झन्डा तयार नभइन्जेल सम्म अर्को समुहलाई पर्खाई राखे ?
  5. तिनिहरुले अर्को समुहलाई नम्रता पुर्वक मागे वा अधिकार पुर्वक मांग गरे ?
निष्कर्ष

गुरुले, जीवनमा सफलता प्राप्त गर्नको निम्ति एक अर्कामा मिलेर काम गर्नु अनि एक अर्कालाई सहयोग गर्नुको महत्व बारे अवश्य बुझाउनु पर्नेछ |

अलिकति फेरबदल गरि यस क्रियाकलापलाई यसरी पनि गर्न सकिन्छ – गुरुले कुनै पनि एउटा अत्यावश्यक समान आफु सित राख्न सक्नेछन, यस क्रियाकलापमा उधारणको निम्ति गमको डिब्बालाई लिन सकिन्छ | नानीहरुले प्राय: कार्य सकी सके पछि गुरुलेअन्तिम रुपमा उनीहरुलाई लठ्ठीमा झन्डा टास्न सहायता गर्न सक्नेछन | त्यस पछि निम्न प्रकारको प्रश्नहरु गर्न सकिनछ –

  1. के क्रियाकलाप समाप्त गर्न गम अत्यावश्यक थियो ?
  2. के गुरुके केवल गम प्रयोग गरेर झन्डा बनाउन सम्भव थियो ?

किनकी स्वामी भन्नुहुन्छ- इन्द्रिय अनि आवेगहरुको प्रशिक्षण यस्तो प्रक्रिया हो जहाँ गुरु अनि शिष्यको साझेदारी आवश्यक हुन्छ | उक्त क्रियाकलापको मध्यमबाट गुरुले नानिहरुलाई बुझाउनु पर्छ कि असल प्रकारको शिक्षा लिन गुरुर शिष्यले सधै संगै मिलेर कार्य गर्नु पर्दछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: