कराग्रे वसते लक्ष्मी
अडियो
शब्दहरु
- कराग्रे वसते लक्ष्मी
- करमध्ये सरस्वती
- करमूले तु गोविन्द:
- प्रभाते कर दर्शनम
अर्थ
औंलाहरुको टुप्पोमा धनकि देवी लक्ष्मी बस्छिन | हत्केलाको मध्यमा ज्ञान, विद्याकि देवी सरस्वती बस्छिन | हत्केलाको फेदमा सबै प्राणीहरुका संरक्षक गोविन्द बस्नुहुन्छ| यसर्थ, यस्तो प्रकारले विचार्दै वा हेर्दै म् बिहानै मेरो हत्केलामा हेर्छु |
भिडियो
ब्याख्या
कराग्रे | हत्केलाको अग्र भाग अर्थात् औंलाका टुप्पाहरु |
---|---|
वसते लक्ष्मी | धनकि देवी लक्ष्मी बस्छिन |
करमध्ये | हत्केलाको माझ वा केन्द्र |
सरस्वती | ज्ञान, विद्याकि देवी |
करमूले तु गोविन्द | हत्केलाको फेदमा विष्णु (सबै प्राणीहरुको संरक्षण र पोषण गर्ने ईश्वर) |
प्रभाते | निद्राबाट जब हामी बिहानै ब्युझन्छौं |
कर दर्शनम | मेरो हत्केलामा हेर्छु |
Overview
- Be the first student
- Language: English
- Duration: 10 weeks
- Skill level: Any level
- Lectures: 1
-
क्रियाकलाप